समाजसेवी कार्कीद्धारा १ सय ७ जना मजदूरलाई राहत वितरण !

Facebook Debugger

काठमाडौं । समाजसेवी तथा नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले १ सय ७ जना मदजूर एवं विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।

विश्व व्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश लकडाउन भैरहेको बेला दैनिक ज्यालामा काम गर्ने मजदूरहरु भोकै बस्नु नपरोस भनेर खाद्यान्न लगायतका सामग्रीहरु शुक्रबार दिनभर वितरण गरिएको कार्कीले बताए । कतिपय विद्यार्थीहरुलाई पनि खाद्यन्न समस्या भएकाले उनीहरुलाई दैनिक उपभोग्य वस्तुहरु वितरण गरिएको उनले बताए ।

सोलुखुम्बुबाट काठमाडौं आएर दैनिक ज्यालादारी काम गर्ने मजदूर र खाद्यान्न समस्या झेलिरहेका विद्यार्थीहरुलाई आवश्यकीय राहत वितरण गरिएको हो । सातदोबाटोबाट शुरु गरिएको राहत वितरण कार्यक्रम कालोपुलसम्म आएर समापन गरिएको थियो ।

राहत वितरण कार्यक्र सातदोबाटोहुँदै कोटेश्वर, जडिबुटी, पेप्सिकोला खहरे, नयाँबस्ती, माकलबारी, बौद्ध टुसाल, गोपिकृष्ण, मिलनचोक, आकाशेधारा, बालुवाखानी, सुकेधारा, चुनदेवी, चक्रपथ, चपली भङ्गाल, नेपालटार डाँडागाँउ, बालाजु, गोङ्गबु, बसुन्धारा, कपन प्रहरी चौकी, आरुबारी चोक, गोकर्ण चोक, बेसिगाउँ पेट्रोल पप्प र चाबहिल कालोपुलसम्म वितरण गरिएको थियो ।

राहत स्वरुप चामल, दाल, चिउरा, नुन, तेल लगायत आवश्यकीय खाद्यवस्तु वितरण गरिएको थियो । संकटको बेला आफूले जति सकिन्छ, त्यत्तिनै सहयोग गर्नु असल नागरिकको कर्तव्य भएको कार्कीले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार