अध्यक्षमा न्यौपाने चयन

0 Shares

काठमाडौँ, ६ कात्तिक । स्वास्थ्य पत्रकार मञ्चको आज यहाँ सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले अनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

“स्वास्थ्य खबर पत्रिका”का सम्पादक रहनुभएका न्यौपाने यसअघि पनि मञ्चका अध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिका उपाध्यक्षमा कल्पना आचार्य, महासचिवमा मनिष गौतम, सचिवमा सरोज ढुङ्गेल र कोषाध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएको छ । यसैगरी सदस्यमा भगवती तिमिल्सिना, भिषा काफ्ले, दीपा दाहाल, प्रवीण ढकाल, उद्धवराज भेटवाल र जुनु भट्टराई चयन हुनुभएको मञ्चले जनाएको छ ।

समितिले स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने तथा आगामी छ महिनाभित्र स्वास्थ्य पत्रकारको राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार