कोरोनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धा व्यक्त गर्दै चीनभर आज ३ मिनेट मौनधारण !

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा ३ मिनेट मौनधारण गरिएको छ ।

चीनभरिका नागरिकले भाइरसबाट मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा ३ मिनेट मौनधारण गरेका हुन् ।

राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् । यद्यपि, सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जान समेत रोकिएको थियो ।

यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।

कोरोनाभाइरस महामारीसँग सिङ्गो विश्व आक्रान्त रहेका बेला महामारी शुरु भएको देश भने आफू यसबाट मुक्त भएको देखाउन प्रयासरत छ । अहिले सङ्क्रमणको इपिसेन्टर मानिएको वुहान सहरमा जनजीवन सामान्य बन्दै गएको छ ।

सडक आसपास तरकारी लगायतका सामग्री बेच्ने व्यापारीहरूले करिब ३ महिनापछि आफ्नो काम पुनः थालेका छन् । यसबीचमा घरमै थुनिएका धेरै व्यापारीहरू डराएका र आत्तिएजस्ता देखिन्छन् । प्रायःजसोले दुईतह भएको बाक्लो मास्क र पन्जा लगाएका छन् । अन्य ठूला पसलहरू भने अझै खुल्न बाँकी नै छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार