बहराइनमा रहेका नेपालीहरुप्रति प्रधानमन्त्री ओलीको चासो !

Facebook Debugger

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राखेका छन् ।

विश्वभरी कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सो बारेमा आफ्नो व्यक्तिगत आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् जानकारी दिएका हुन् ।

बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

यसैबीच ओलीले अरु देशमा रहेका नेपालीहरुको अवस्थाको बारेमा अरु देशका सरकार प्रमुखसँग समेत छलफल जारी राख्ने बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार