मलेसियामा नेपाली सेक्युरिटी गार्ड कोरोनाको उच्च जोखिममा !

Facebook Debugger

क्वालालम्पुर । मलेसियामा सुरक्षार्थ खटिएका नेपाली सेक्युरिटी गार्डहरु कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा रहेका छ्न ।

मलेसिया सरकारले जारी गरेको मुभमेण्ट कन्ट्रोल अडर (MCO)मा समेत नेपाली सेक्युरिटी गार्डहरु सुरक्षाका लागि पूरै महिना खटिनुपर्ने भएकाले उनीहरुलाई कोरोनाको उच्च जोखिम भएको हो ।

मलेसियाका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमितको स्वास्थ्य परीक्षण तथा उपचाररत भएकाले सो क्षेत्रमा खटिएका नेपाली गार्डहरु उच्च जोखिममा रहेको बताएको छ । सुरक्षार्थ खटिएका गार्डमात्र होइन स्वीपरहरु समेत न्यूनतम सेफ्टी प्रयोग गरि काम गरिरहेकाले उनीहरु पनि जोखिममै रहेको बताए ।

मलेसियामा ठूला तथा साना सबै सेक्युरेटी कम्पनीमा सुरक्षा क्षेत्रमा खटिएका सुरक्षागार्डले कोरोनाको उच्च जोखिममा पनि अहिलेसम्म निरन्तर काम गर्नु परेको आरोप लगाएका छन् । प्रत्यक्ष तथा अप्रत्यक्ष धेरै मानिससँग सम्पर्क तथा चेकजाँच गरिराख्नुपर्ने भएकाले पनि उनीहरु उच्च जोखिममा भएको बताएका हुन् ।

मलेसियाको विभिन्न कम्पनी, बजारहरुको सुरक्षागार्डको रुपमा काम गर्ने नेपाली सेक्युरेटीहरु समेत उच्च जोखिममा रहेको बताइएको छ । दैनिक रुपमा धेरै मानिसहरुको सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकाले सुरक्षागार्डहरु कोरोनाको उच्च जोखिममा रहेको विभिन्न कम्पनीमा कार्यरत सुरक्षागार्डहरुले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार