गौतमसागरको ‘सीमापारी’मा सुदिताको बिलौना [भिडियोसहित]

काठमाण्डौं । गायक तथा साहित्यकार गौतमसागर राईको ‘सीमापारी’ बोलको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ ।

गायक राईकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको मर्मस्पर्शी गीतमा मातृभूमि छोडेपछिका विभिन्न आरोह अबरोहहरुका बारेमा कारुणीक रुपमा वर्णन गरिएको छ । रोजगारीको शिलशिलामा लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आईरहेका युवा गायक, सर्जक राई साहित्य, संगीत साथै सञ्चारकर्ममा विदेशी भूमिमै रहेपनि सक्रिय छन् ।

गीतको भावले बाध्यताले सीमापारी परदेशिएका लाखौं नेपालीहरुको प्रतिनिधित्व गरेको छ । सयौं कोष टाढा पुगेपछि बिरक्तिएका हजारौं मनहरुलाई सान्तवना दिनका लागि गीतको भावले बोलिरहेको छ । वैदेशिक रोजगारीमा खुशी मात्रै होइन अधिकांश नेपालीहरुले रगत, पसिना र आँशु बगाई रहेका छन् ।

सर्जक राईले ३ दर्जनबढि गीतहरुमा संगीत, आवाज र मर्मस्पर्शी शब्द रचना गरिसकेका छन् । द भ्वाइज अफ नेपालको नक आउट चरणबाट बाहिरिएकी सिक्किमेली चेली गायिका सुदिता राईको आवाज तथा शब्द, रचना र संगीत गौतमसागर राई आफैले गरेका छन् । गीतको एरेञ्ज मनोजसाङ्सोन राईले गरेका छन् ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार