भ्वाईसको टप १० बाट बाहिरिए कर्णराज गिरी

आमाको काजक्रिया गर्न घर फर्किने

काठामडौं । द भ्वाईस अफ नेपालको टप १० बाट प्रतियोगी कर्णराज गीरी बाहिरिएका छन् ।

दर्शकले दिएको भोट अन्य ९ प्रतियोगीको भन्दा कम भएकाले कर्णराज टप १० बाट बाहिरिएका हुन् । भ्वाईसको ब्लाईन्ड, ब्याटल र नकआउट चरण पार गर्दै उनी लाईभ राउण्ड अर्थात टप १० मा प्रवेश गरेका थिए ।

अब कर्ण आमाको काजक्रिया गर्न घर फर्किने छन् । उनी द भ्वाईस अफ नेपालको लाईभ राउण्डमा प्रवेश गरेपछि उनको आमाको निधन भएको थियो । अपार दर्शकको माया र स्नेहले कर्णले आमाको काजक्रियालाई भ्वाईसबाट बाहिरिएपछि मात्रै गर्ने भनेका थिए । त्यसैले उनी अब आमाको काजक्रिया गर्न घर फर्किने बताएका छन् ।

भोली शनिबार भ्वाईसको मञ्चबाट टिम प्रमोदको ३ प्रतियोगीमध्ये सबैभन्दा कम भोट प्राप्त गर्ने प्रतियोगी भ्वाईस अफ नेपालबाट बाहिरिने छन् ।
टप ९ मध्ये प्रमोदको टिमका प्रतियोगीलाई मात्र भोली शनिबारको अन्तिम प्रस्तुतिसम्म भोट गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार