सार्क राष्ट्रमा कोरोनाबाट १ सय ६६ को मृत्यु, संक्रमित ७ हजार नाघ्यो !

Facebook Debugger

 

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइसर (कोभिड-१९)बाट दक्षिण एसियामा रहेको सार्क राष्ट्रहरुमा १ सय ६६ नागरिकको मृत्यु भएको छ । ७ हजार २ सय ४५ नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

१. भारतः

भौगोलिक हिसाबले सार्कको सबैभन्दा ठूलो राष्ट्र भारत कोरोनाबाट सबैभन्दा बढि प्रभावित मुलुक बनेको छ ।

वल्र्डओमिटर्स इन्फोका अनुसार, हालसम्म भारतमा ९९ जना मानिसको ज्यान गइसकेको छ । भने ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ । उनीहरुमध्ये २ सय ९९ बिरामी निको भएर घर फर्किएका छन् । अझै ३ हजार २ सय ६० जना उपचाररत छन् ।

२. पाकिस्तानः

सार्क राष्ट्रहरुमध्ये पाकिस्तान कोरोनाबाट दोस्रो बढि प्रभावित देश हो । यहाँ हालसम्म २ हजार ८ सय ८० जना नागरिक संक्रमित भएका छन् ।

पाकिस्तानमा ४५ जनाले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म ६२ जना नयाँ संक्रमित थपिएका छन्, भने ४ जनाले भर्खरै ज्यान गुमाएका छन् । १ सय ७० बिरामी निको भएर घर फर्किएका छन् । अझै २ हजार ६ सय ६५ जना उपचाररत छन् । भने १८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

३. बंगलादेशः

बंगलादेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म बंगलादेशमा संक्रमितको संख्या ७० जना रहेका छन् ।

यो रोगबाट ३० जना निको भएर घर फर्किएका छन् । अझै ३२ जना उपचाररत छन् । भने, १ जनाको मात्र स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

४. अफगानिस्तानः

अफगानिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । हालसम्म यो रोगबाट संक्रमितको संख्या भने ३ सय ३७ जना मात्र रहेको छ ।

यो समाचार तयार पार्दासम्म २८ जना नयाँ संक्रमित थपिएका छन् । भने, १५ जना यो रोगबाट निको भएर घर फर्किएका छन् । अझै ३ सय १५ जना उपचाररत छन् ।

५. श्रीलंकाः

श्रीलंकामा कोरोनाबाट ५ जनाको ज्यान गएको छ । हालसम्म यो रोगबाट संक्रमितको संख्या १ सय ६६ जना पुगेको छ ।

२७ जना निको भएर घर फर्किएका छन् । अझै १ सय ३४ जना उपचाररत छन् । उनीहरुमध्ये ५ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

६. माल्दिभ्सः

माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म कुनै नागरिकको मृत्यु भएको छैन । कोरोना संक्रमितको संख्या भने १९ जना पुगेको छ ।

यो प्राणघातक रोगबाट १३ जना निको भएर घर फर्किएका छन् । अब ६ जना मात्र यो रोगको बिरामीले उपचार गराईरहेका छन् ।

७. नेपालः

कोरोनाबाट नेपालमा पनि अहिलेसम्म कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमित ९ जना मात्र रहेका छन् ।

३ जना नयाँ कोरोना संक्रमित हिजो मात्र थपिएका हुन् । अहिलेसम्म यो रोगबाट १ जना मात्र निको भएर घर फर्किएका छन् । अझै ८ जनाले भने नेपालका विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

८. भुटानः

सार्क राष्ट्रमध्ये सबैभन्दा कम कोरोना संक्रमित भुटानमा रहेका छन् । भुटानमा पनि अहिलेसम्म कोरोनाले कुनै नागरिकको मृत्यु भएको छैन ।

हालसम्म भुटानमा ५ जना मात्र कोरोना संक्रमित छन् । उनीहरुमध्ये २ जना निको भएर घर फर्किएका छन्, भने ३ जनाले उपचार गराईरहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार