भ्वाईसको टप ९ बाट बाहिरिए नेहारिका, टप ८ मा को को प्रवेश गरे ?

  सगरमाथा अनलाईन
2.2k Shares

काठामडौं । द भ्वाईस अफ नेपालको टप ९ बाट प्रतिस्पर्धी नेहारिका ज्ञवाली बाहिरिएका छन् ।

दर्शकले दिएको भोट अन्य ८ प्रतिस्पर्धीभन्दा कम भएकाले नेहारिका टप ९ बाट बाहिरिएका हुन् । भ्वाईसको ब्लाईन्ड, ब्याटल र नकआउट चरण पार गर्दै उनी लाईभ राउण्ड अर्थात टप ९ मा प्रवेश गरेका थिए ।

आउने शुक्रबार भ्वाईसको मञ्चबाट टप ८ मा प्रवेश गरेका प्रतियोगीहरुको प्रस्पर्धा हुनेछ । टप ८ मा प्रवेश गरेका प्रतिस्पर्धीहरुको भोटिङ खुलेको छ । आउने शुक्रबार अन्तिम प्रस्तुतिसम्म टप ८ प्रतियोगीहरुलाई भोट गर्न सकिने छ ।

को को छन टप ८ मा

भ्वाईसको टप ८ मा प्रत्येक कोचको २/२ जनाका प्रतिस्पर्धी प्रवेश गरेका छन् । टिम दिपबाट गोविन्द पुन र आर्यन तामाङ टप ८ मा प्रवेश गरेका छन् । त्यस्तै टिम तृष्णाबाट ज्वाला राई र अफ्रिता खड्गी टप ८ मा प्रवेश गरेका छन् ।

त्यसैगरी टिम राजुबाट तारा शिरिस मगर र सोनाम शेर्पा टप ८ मा प्रवेश गरेका छन् । भने, टिम प्रमोदबाट टप ८ मा किरन गजमेर र रबि गहतराज प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार