पोर्चुगलमा रहेका नेपालीहरुलाई खुशीको खबर, कोरोना भाइरसको अवधिभर नागरिक सरहको सुविधा !

Facebook Debugger

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट अहिले विश्वभर हजारौं नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा अझ बढि नागरिकको मृत्यु भएपछि यो रोगलाई डब्लुएचओले महामारी घोषणा गरेको थियो ।

विश्वभर नेपालीहरु आतंकित र चिन्तित भैरहेका बेला पोर्चुगलमा भएका नेपालीहरुमा भने खुशिको खबर छाएको छ । पोर्चुगल सरकारले कोरोना भाइरसको महामारी अवधिभर त्यहाँ रहेका आप्रवासीलाई नागरिक सरहको सुविधा दिने भएपछि लाखौं संख्यामा रहेका नेपालीसहित अन्य देशका आप्रवासीहरुमा खुशियाली छाएको हो ।

अब कोरोना भाइरसको संक्रमण समाप्त नहुँदासम्म नेपालीसहितका अन्य देशका आप्रवासीहरुले पोर्चुगल सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा सुविधा पाउने छन् । आप्रवासीहरु भविष्यमा पोर्चुगलकै नागरिक बन्ने प्रकृयामा रहने भएकाले उनिहरुलाई जुलाई ३० तारिखसम्मका लागि नागरिक सरहको सुविधा दिन लागिएको पोर्चुगल सरकारका अधिकारीले बताएका छन् ।

सार्वजनिक स्वास्थ्यलाई ध्यान दिँदै उक्त निर्णय गरिएको पोर्चुगल सरकारका अधिकारीले बताए । पोर्चुगलमा मार्च १८ तारिखयता आपतकाल घोषणा गरिएको छ । उक्त समयमा आप्रवासीहरु अझ बढि कोरोनाको उच्च जोखिममा रहेका कारण पनि उनीहरुलाई नागरिक सरह सेवासुविधान दिइएको अधिकारीहरुले बताए ।

यसैबीच अष्ट्रेलिया लगायत अन्य धेरै देशहरुमा रहेका आप्रवासीहरुलाई उनीहरुकै देश फर्काउने प्रयास भैरहेका बेला पोर्चुगल सरकारका अधिकारीहरुको विश्वभर प्रशंसा हुन थालेको छ । केहि देशमा ६ महिनासम्म खान पुर्याउन सक्दैनौं भने देश फर्किए हुन्छ भन्ने सरकारको प्रतिक्रियाले हजारौं नेपालीहरु चिन्तित बनेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार