जम्मु-कश्मीर भिडन्तमा ९ आतंकवादी र ३ भारतीय सेनासहित १२ जना मारिए !

Facebook Debugger

काठमाडौं । भारतको जम्मु-कश्मीरमा भारतीय सेना र आतंकवादीबीच भएको भिडन्तमा पछिल्लो २४ घण्टामा १२ जना मारिएका छन् ।

भारतीय सेनाले गरेको कारबाहीका क्रममा ९ जना आतंकवादी र ३ जना भारतीय सेना मारिएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार शुरुमा १ जना सैनिकको मृत्यु भएको थियो, भने २ जना घाइते भएका थिए ।

तर भारी हिमपातका कारण घाइतेहरुलाई अस्पताल र्पुयाउन नसकिएपछि घाइते भएका २ जनाको पनि मृत्यु भएको बताइएको छ ।

आतंकारी विरुद्ध अहिले पनि अप्रेशन चलिरहेको छ । भारी हिमपातका कारण सो क्षेत्रमा भारतीय सेनालाई कारबाही गर्न थप समस्या भएको बताइएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार