प्रियंकाको बचाउमा सासु रविनाले के भनिन् ?

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले गर्भावस्थामा सार्वजनिक गरेको तस्वीरलाई लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । टिकाटिप्पणी सकारात्मक तथा नकारात्मक दुवै प्रकारका छन् ।

सामाजिक संजालमा कतिपयले प्रियंकाको क्रियाकलाप महिला सशक्तीकरणसँग जोडेर चर्चा गरेका छन् भने कतिपयले सामाजिक विकृति समेत भनेका छन् ।

प्रियंकाको यो क्रियाकलापको विषयमा भने अधिकांश कलाकर्मी मौन छन् । तर प्रियंकाको परिवारले भने उनको साथ दिएका छन् । प्रियंकाकी सासु रविनाले देशराज श्रेष्ठले समेत प्रियंकाको खुलेर साथ दिएकी छन् ।

रविनाले सामाजिक संजाल मार्फत एउटी गर्भवती महिलाको शरिर र बिकिनीमात्र देख्ने तपाई गलत भएको समेत बताएकी छन् । उनले बुहारी प्रियंकाको समर्थन गर्दै बिकिनीमा प्रियंका अतिरिक्त सुदरी देखिएको भन्दै प्रशंसा समेत गरेकी छन् । उनले भनेकी छन् ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुशि महसुस गर्छिन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार