बल्ल जितिन् गायिका कनिका कपुरले कोरोना भाइरसलाई !

Facebook Debugger

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित गायिका कनिका कपुरको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोनाबाट संक्रमित कपुरको पाँचौँ पटकको परीक्षणमा पनि पोजेटिभ नतिजा देखिएको थियो । अन्ततः छैँटौँ पटकको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

लन्डनबाट भारत आएपछि क्वारेन्टाइनमा नबसी विभिन्न पार्टीहरु आयोजना गरेकी थिइन् । क्वारेन्टाइनमा नबसी आफन्तहरुबीचमै पार्टी आयोजना गरेका कारण उनि निकै आलोचित भएकी थिइन् । अन्ततः उनलाई आलोचकले भनेजस्तै उनमा कोरोना भाइरसको संक्रमण देखियो । त्यसपछि उनका आफन्तहरु आत्तिएका थिए ।

लखनउस्थित सञ्जय गान्धी इन्स्टिच्यूट अफ मेडिकल साइन्समा उपचार गराइरहेकी कपुरको यसअघिका पाँचवटा परीक्षणमै पोजेटिभ देखिए पनि शनिबारको रिपोर्ट भने नेगेटिभ देखिएको छ । उनी ४ साताअघि लन्डनबाट भारत फर्किएकी थिइन् ।

उनी अब चाँडै अस्पतालबाट डिस्चार्ज हुनसक्ने चिकित्सकहरुले बताएका छन् । उनीसँगै रहेकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार