बुद्ध एयरका दुई जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण, यस्तो रहेछ कारण ?

1.2k Shares

काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।

धनगढीका लागि उडेको बुद्धको ९ एन–एएमडी जहाज साँझ ६ बजे विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए ।

त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।

साथै साँझ ७ बजे बुद्धको अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि पाइलटले जहाज काठमाडौं नै फिर्ता गरेका हुन् । सो जहाज उनलाई काठमाडौं झारेर पुनः नेपालगन्ज उड्ने कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार