पाथिभरा देवीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस

1.2k Shares

आज २०७८ साउन १३ गते, बुधवार । तदनुसार २८ जुलाई २०२१ । श्रावण कृष्णपक्ष पञ्चमी तिथि । पूर्वभाद्रपदा नक्षत्र, १३ः३३ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि–कुम्भ, ७ः२० बजेदेखि मीन ।

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाको लोभले फजुल खर्च गराउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। गरेको कामबाट तत्काल फाइदा नहुन सक्छ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा नयाँ काम फेला पर्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने अवसर छ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। रोकिएको काम सम्पादन गर्न केही समय लाग्नेछ। आफ्ना लागि फाइदा नभए पनि सेवामूलक कामले उत्साह जगाउनेछ। सहयोगीहरूको साथ पाइनेछ। दोहोर्याएर प्रयत्न गर्दा पहिले बिग्रिएको कामबाट लाभ उठाउन सकिनेछ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। केही जोखिमपूर्ण र विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। जिम्मेवारी बढ्नेछ तर स्वास्थ्य कमजोर हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि व्यवस्था मिलाउने समय छ। अप्ठ्यारा चुनौतीसँग सम्झौता गर्नुपर्ने परिस्थिति रहनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनपर्ने उपहारले प्रसन्नता दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। व्यवसायतर्फ आम्दानी बढाउन सकिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउने समय छ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु

श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम सिद्ध गर्न समय लाग्नेछ। हतारको निर्णयले विपरीत परिणाम निम्त्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले व्यर्थैमा दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि विश्राम र आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द

आत्तिने बानीले समस्या निम्त्याउनेछ। नयाँ जिम्मेवारी वहन गर्ने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्, तर अहिलेको मिहिनेतले पछिलाई फाइदा हुनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। हातमा आएको मौका अरूले पÞmुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार