गुल्मीको मुसिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज- ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दुर्घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन ल्याइँदैछ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार