कोरोनाका कारण लिबियाको पूर्व प्रमुख महमूदको मृत्यु !

Facebook Debugger

काठमाडौं । लिबियाको अन्तरिम सरकारका पूर्व प्रमुख महमूद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको छ ।

जिब्रिलको पार्टीले नेतृत्व गरेको आन्दोलनबाट लिबियाका लामो समयदेखिका शासक माउमर गद्दाफीलाई सन् २०११ मा सत्ताच्यूत गरेको थियो । जिब्रिलको कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको उनको पार्टीका नेताहरुले जानकारी दिएका छन् ।

६८ वर्षका जिब्रिलको कायरोमा निधन भएको हो । कायरोमा रहेको अस्पतालमा उनलाई २ हप्ताअघि भर्ना गरिएकोमा आइतबार मृत्यु भएको हो ।

सन् २०१२ मा जिब्रिलले गठन गरेको नेशनल फोर्सेज एलायन्सका सचिव खालिद अल–म्रिमीले जिब्रिलको कोरोनाबाटनै मृत्यु भएको पुष्टि गरेका हुन् ।

कार्डिक अरेस्ट भएपछि उनलाई मार्च २१ मा अस्पताल भर्ना गरिएको थियो । त्यसको केही दिनपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
जिब्रिल सन् २०१२ मा गद्दाफीको बहिर्गमनपछि भएको चुनावबाट नयाँ सरकार गठन हुँदासम्म अन्तरिम सरकारको प्रमुख भएका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार