विदेशबाट सोलुखुम्बु आएका ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ !

Facebook Debugger

सोलुखुम्बु । वैदेशीक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप ३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नम्बर ८ देउसाका १ युवकको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

विपि स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । गत चैत ४ गते वडा नम्बर ८ देउसाका १ जना फ्लाई दुवईबाट, सोही दिन हिमालयन एयरलाईन्सबाट वडा नम्बर ४ जुबुका १ र चैत ७ गते नेपल एयरलाईन्सबाट वडा नम्बर ४ जुबुका १ नेपाल आएका थिए ।

उनीहरु गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाईनमा राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

यसैबीच वैदेशीक रोजगारीबाट आएका सोही गाउँपालिकाका अन्य ४ जना पनि अहिले एकान्तबास (सेल्फ होमक्वारेनटाईन)मा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

यसअघि कोरोना संक्रमित युवतीसँगै आएका गोराखानीका युवक र तिङ्लाकी युवतीको टेकु अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट पनि नेगेटिभनै आएको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार