२ दिनदेखी बेपत्ता पूर्णबहादुर पिके खोपमा मृत भेटिए !

Facebook Debugger

सोलुखुम्बु । पिके क्षेत्र भ्रमणमा गएका खुम्बुपासाङ ल्हामु गाउँपालिकाका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी स्थायी घर भएका करिब २७ वर्षका पूर्णबहादुर खड्का २ दिन देखि बेपत्ता थिए ।

आईतबार बिहान देखी खोजतलासमा खटिएको आफन्त टोलिले सोमबार बिहान १० बजे सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ को पिके खोपमा मृत अवस्थामा भेटिएको मृतकका दाई छत्र खड्काले जानकारी दिए ।

उनका अनुसार सल्लेरीबाट पिके डाँडातिर जाने मूलबाटो देखि करिब ३ सय मिटर तल मृत अवस्थामा भेटिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको प्रत्यक्षदर्शी समेत रहेका मृतकका दाई छत्र खड्काको भनाई छ ।

घर बिदामा आएका ती कर्मचारी शनिबार दिउँसो १०/११ जना साथीसँगै सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ३ मा पर्ने पर्यटकिय क्षेत्र पिके घुम्न गएको बताईएको छ । अहिले घटनास्थलमा प्रहरी टोलि खटिएको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । प्रहरी टोलि पुगेपछि थप विवरण प्राप्त हुने र अनुसन्धान गरिने डिएसपी लिम्बुले बताए । सोलु एफएमबाट

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार