रौतहटमा थाल र शंख बजाएर कोरोना विरुद्ध सचेत रहन अपिल !

Facebook Debugger

रौतहट । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सचेत रहन अपिल गर्दै रौतहटमा थाल र शंख बजाएइएको छ ।

कोरोनाको जोखिमबाट बच्न सामाजिक दूरी कायम गरौं भन्दै आइतबार रौतहटका स्थानीयले थाल र शंख बजाएर कोरोनासँग लड्न एकरुपता देखाएका हुन् । विश्व शान्तिको कामनासहित दिप प्रज्वलन गरि शुरु गरिएको कोरोना विरुद्धको सांकेतिक कार्यक्रममा स्थानीयहरु एक आपसमा सामाजिक दूरी राखेर एकै साथ थाल र शंख बजाउँदै कोरोना विरुद्ध सचेत रहन आग्रह गरेका थिए ।

छिमेकी देश भारतसँगको खुल्ला सिमाका कारण रौतहट जिल्ला पनि कोरोनाको उच्च जोखिममा छ । कोरोनाको जोखिमबाट बच्न स्थानीयहरु एक भएर लड्ने प्रतिबद्धताका साथ सांकेतिक रुपमा थाल र शंख बजाएको स्थानीय बासीको भनाई छ ।

पछिल्लो समय कोरोनाले विकसित मुलुकलाई समेत हायलकायल बनाएकाले नेपाल जस्तो देशमा नागरिक आफै सचेत नभए यो रोगबाट बच्न नसकिने भएकाले पनि एकान्तबास (होमक्वारेन्टाइन)को विकल्प नभएको स्थानीयले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार