छैठौं परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि, कनिका अस्पतालबाट डिस्चार्ज !

Facebook Debugger

काठमाडौं । चर्चित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

Kanika Kapoor at an interview in Mumbai on 20th June 2016 shown to user

छैठौँ पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । तर अझै पनि उनले १४ दिनसम्म एकान्तबास (होमक्वारेन्टाइन)मा बस्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

लण्डनबाट फर्केकी कनिकालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएर पनि सार्वजनिक समारोहमा धेरै व्यक्तिसँग सम्पर्कमा रहेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उनको पाँच पटकसम्म गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिर्पोट आएको थियो । उनको स्वास्थ्य अवस्था सामान्यनै भएपनि ५ पटकसम्म दिन बिराएर परीक्षण गर्दा समेत रिर्पोट पोजेटिभ आएपछि उनी हतोत्साहित भएको उपचारमा संलग्न एक डाक्टरले बताए । तर, छैठौं पटकको परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनी निकै खुशी भएकी थिइन् ।

उनलाई अझै १४ दिनसम्म एकान्तबास (होमक्वारेन्टाइन)मा बस्न डाक्टरहरुले सुझाएका छन् । साथै अति आवश्यक काम बाहेक कसैसँग भेटघाट नगर्न समेत भनिएको छ । उनी डाक्टरले भने अनुसार मान्ने शर्तमा डिस्र्चाज भएको बताइएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार