कोरोना संक्रमितको संख्या १३ लाख नाघ्यो !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या १३ लाख नाघेको छ । वल्र्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या १३ लाख १० हजार १ सय २ पुगेको हो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण अमेरिका सबैभन्दा बढि प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा ३ लाख ४८ हजार ४२ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, स्पेनमा १ लाख ३५ हजार ३२, इटालीमा १ लाख ३२ हजार ५ सय ४७, जर्मनीमा १ लाख १ हजार ८९, फ्रान्समा ९० हजार ८ सय ३९, चीनमा ८१ हजार ७ सय ८, ईरानमा ६० हजार ५ सय, बेलायतमा ५१ हजार ६ सय ८, टर्कीमा २७ हजार ६९, स्वीजरल्याण्डमा २१ हजार ६ सय ५२ र बेल्जियममा २० हजार ८ सय १४ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार ५ सय ५७ पुगेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १६ हजार ५ सय २३ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा १३ हजार १ सय ६९, अमेरिकामा १० हजार ३ सय ९, फ्रान्समा ८ हजार ७८, बेलायतमा ५ हजार ३ सय ७३ र चीनमा ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमित २ लाख ७५ हजार ४० जना मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजार ७८ जना संक्रमित निको भएका छन् । त्यस्तै स्पेनमा ४० हजार ४ सय ३७, जर्मनीमा २८ हजार ७ सय र इटालीमा २२ हजार ८ सय ३७ जना मानिस निको भएर घर फर्किएका हुन् ।

यो समाचार तयार पार्दासम्म आजै नयाँ संक्रमितको संख्या ३७ हजार २ सय ४० जना थपिएका छन्, भने ३ हजार १ सय ३२ जनाको मृत्यु भएको छ । अझै ९ लाख ६२ हजार ५ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये ४६ हजार १ सय ५९ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार