पलापु युवा क्लवले बाड्यो २४ सय माक्स

Facebook Debugger

ओखलढुंगा– चम्पादेवी गाउँपालिका १ स्थित पलापु युवा क्लबले २ हजार ४ सय माक्स वितरण गरेको छ । स्थानीय युवाहरुको सक्रियतामा गठन भएको युवा क्लबले विभिन्न समाजसेवीहरुको सहयोगमा माक्स खरिद गरेर वितरण गरेको हो । वितरण गरिएकामध्ये २ हजार ८ थान स्वास्थ्य चौकी र स्वास्थ्य युनिट तथा अन्य माक्स प्रहरी चौकी पलापु र केही सर्वसाधारणलाई दिइएको क्लबका उपाध्यक्ष सुजन घिमिरेले जानकारी दिनुभयो ।


कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगाउन अग्र भागमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई माक्स वितरण गरेर सहयोग गरेको क्वबमा आबद्ध युवाको भनाइ छ ।
माक्स उपलब्ध गराउन समाजसेवीहरु बलबहादुर श्रेष्ठ, सुवास श्रेष्ठ, सोजनराज घिमिरेलगायतले सहयोग गरेको क्लबका उपाध्यक्ष सुजन घिमिरिेले बतउनुभयो । माक्स वितरण हस्तान्तरण कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य हरिप्रसाद घिमिरे, क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । माक्स हस्तान्तरण सांसद यज्ञराज सुनुवारले गर्नूभएको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार