कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ ।

बुधबार विहानसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ८२ हजार ८५ जनाको मृत्यु भएको छ, भने १४ लाख ३१ हजार ९ सय ७३ जना कोरोनाबाट संक्रमित बनेका छन् ।

इटालीमा सबैभन्दा बढि नागरिकले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ईटालीमा १७ हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । भने सबैभन्दा बढि कोरोनाको बिरामी चीनमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पनमा १४ हजार ४५, अमेरिका १२ हजार ८ सय ५७, फ्रान्स १० हजार ३ सय २८, बेलायत ६ हजार १ सय ५९, ईरान ३ हजार ८ सय ७२ र चीनमा ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार