नायिका अदितीको नजरमा विवाहका लागि यूवकमा यी ३ गुण हुनुपर्छ

काठमाडौं । नायिका अदिती वुढाथोकी चलचित्रका कारण भन्दा पनि सामाजिक संजाल इन्स्टाग्रामका कारण बढी चर्चामा रहन्छिन् । दैनिकजसो, सामाजिक संजालमा आफ्नो बोल्ड फोटो पोष्ट गर्दै आएकी अदितीलाई मन पराउनेहरुको संख्या ११ लाख भन्दा धेरै छ । यसैले, पनि अदिती आफ्ना फ्यानहरुसँग इन्स्टामा कुराकानी गर्न मन पराउँछिन् ।

नेपालमा चलचित्र र भारतमा मोडलिङ गर्दै आएकी अदितीलाई उनका फ्यानले बिहेको विषयमा पनि प्रश्न राख्ने गरेका छन् । अदितीले फ्यानसँग साक्षात्कार गर्दै गर्दा उनका केही फ्यानले उनको बिहे योजनाका बिषयमा पनि सोधेका थिए ।

एक फ्यानले तपाइ विवाहका लागि यूवकका ३ गुण के होस् भन्ने चाहनुहुन्छ भनेर सोधेका छन् । जसमा अदितीले लेखेकी छिन, ‘मलाई नम्र, वफदार र मिहिनेती मान्छे मनपर्छ । साथमा, एक अर्कासँग जोडिन पनि निकै आवश्यक छ ।’

अदितीले विवाहका लागि यूवक र यूवतीबीच बलियो प्रकारको सम्बन्ध जोडिन आवश्यक रहेको पनि बताएकी छिन् । तर, अदितीले विवाहका लागि आफूले हतार नगर्ने पनि उल्लेख गरेकी छिन् । उनले करिअर र प्रेममा आफूले करिअरलाई नै प्रेम गर्ने उल्लेख गरेकी छिन् । अदिती दोश्रो चलचित्र ‘बाबरी’को छायांकनका लागि केही समयदेखि नेपालमा छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार