७६ दिनपछि लकडाउन खुल्यो, वुहानमा स्थानीयले मनाए खुशीयाली !

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को उद्गम स्थल चीनको वुहान शहरका मानिस साँढे २ महिना लामो समयपछि बुधबार बाहिर निस्किन पाएका छन् । मानिसहरु आफ्नो दैनिकीमा फर्किएका छन् ।

चीनको जिलिन प्रान्तका स्वास्थ्यकर्मीहरु वुहानस्थित आफ्नो घर फर्किंदै ।

वुहानमा २३ जनवरीबाट लागू भएको लकडाउन मानव इतिहासकै सबैभन्दा लामो बन्दाबन्दी (लकडाउन) मानिएको छ ।

बुधबारबाट भने वुहानका सडक खुला भएका छन् । कर्मचारीहरुले राति नै सडकमा राखिएका अवरोधहरु हटाएका थिए ।

हवाई उडान पुनः सञ्चालनमा आएका छन् भने रेल सेवा सुरु भएको छ । यहाँका मानिसहरु चीनको अन्य भागमा जान पाएका छन् । बुधबार बिहान १० हजार मानिसले हवाई जहाजबाट शहर छाडेका छन्, जो लकडाउनको कारण लामो समय वुहानमा रहेका थिए ।

वुहानमा स्वास्थ्यकर्मीहरु खुसी साट्दै ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले वुहानमा लकडाउन निकै कडा पारेको थियो । शुरुमा मानिसहरुलाई पसलमा गएर खाद्यान्न किन्ने अनुमति थियो ।

तर मध्य फेब्रुअरीबाट मानिसहरुलाई घरको कम्पाउण्डबाट बाहिर निस्किने अनुमति दिइएन । यस्तोमा डेलिभरी चालक जीवनयापनको लागि निकै महत्वपूर्ण बने । ‘पछिल्लो दुई महिनामा कोही मानिस पनि सडकमा देखिएनन्’, डेलिभरी चालक जिया शेन्झीले बीबीसीसँग भनेका छन् ।

चाइना इस्टर्न एयरलाइन्सबाट यात्रा गर्न लागेका यात्रु र सुरक्षाका लागि गगल्स लगाएकी एक कर्मचारी ।

उनी जेडी डटकमको वुहानमा डेलिभरी स्टेशन प्रमुख थिए । मानिसहरुले परिवारका वृद्ध सदस्यका लागि औषधिजस्ता अत्यावश्यक बस्तु लागि फोन गर्ने गरेको जियाले सुनाए । तर मानिसहरुले समयमा सामान र्पुयाउन कठिन थियो । यसले उनलाई पिरोल्थ्यो । त्यसैले उनी स्कुटरमा औषधि लिएर घरमा र्पुयाइदिन्थे ।

सरकारको काममा सन्तुष्ट

चीन सरकारले सार्वजनिक गरेको तथ्यांकमा अहिले पनि पश्चिमाहरुले प्रश्न गर्ने गरेका छन् ।

कतिपयले संक्रमणको जोखिम अझै कायम रहेकाले सुरक्षात्मक पोशाक लगाएका छन् ।

हुन ढाकछोपको प्रयास गरेको थियो । स्थानीय अधिकारीहरुले भाइरसबारे चेतावनी दिएका डाक्टरलाई बोल्न रोक लगाएको थियो । सामाजिक सञ्जालमा पनि सेन्सर गरिएको थियो । कतिसम्म भने सामाजिक सञ्जाल वीच्याटमा ग्रुप बनाएर सरकारविरुद्ध बोल्नेलाई प्रहरीले समातेर लान्थ्यो । त्यसैले आशंका गर्नु स्वाभाविक हो ।

कतिपयले संक्रमणको जोखिम अझै कायम रहेकाले सुरक्षात्मक पोशाक लगाएका छन् ।

तर निकै कडा लकडाउनले वुहानमा संक्रमितको दर नाटकीय रुपमा घटाएकोमा दुईमत देखिँदैन ।

संक्रमण नियन्त्रणमा आएपछि पछिल्लो केही सातादेखि वुहानमा लकडाउन केही खुकुलो पारिएको थियो । मानिसहरुलाई आफ्नो कम्पाउण्डमा निस्किन दिइएको थियो भने व्यवसायहरु खुल्न शुरु गरेका थिए ।

वुहान शहरबाट हुबेई प्रस्थान गर्नुअघि हाईस्पीड ट्रेनकी एक कर्मचारी विदाईको हात हल्लाउँदै ।

अहिले वुहानदेखि चीनसँग जोडिने यातायात पनि सञ्चालनमा आएका छन् । यस्तोमा केही मानिसले आक्रोश व्यक्त गरेपनि उनीहरु सरकारले राम्रो काम गरिरहेको बताउँछन् ।

यद्यपि अझै वुहानका सबै कोरोना संक्रमित निको भइसेकेका छैनन् भने चीनमा पुनः यो भाइरस फैलिन सक्ने जोखिम भने कायम छ । त्यसैले यात्रामा निस्किएकाहरुले रेनकोट जस्तो देखिने कपडा र मास्क लगाएको देखिन्छ । रेल तथा हवाई उड्डाहरुमा पालो पर्खिनेहरुले व्यक्तिगत दुरी कायम राखेको देखिन्छ ।

वुहानको हान्कोउ रेलवे स्टेशन अगाडि यात्रुहरुको सेवामा तैनाथ ट्याक्सीहरु ।

स्वास्थ्यकर्मीहरु खुसीले एकअर्कालाई अँगालो हालेका देखिन्छन् । कोरोनाविरुद्धको लडाइँ जित्दा कतिपय भावुक भएका तस्वीरहरु सार्वजनिक भएका छन् ।

वुहानमा कोभिड-१९ को अवस्था

यसले महामारी नियन्त्रण र अर्थतन्त्र पुनः सञ्चालनमा ल्याउनको लागि अवरोध सृजना गर्न सक्छ । चीनको वुहान सहरमा मात्र ५० हजारभन्दा धेरै संक्रमित फेला परेका थिए, जसमध्ये २ हजार ५ सयभन्दा धेरैको मृत्यु पनि भयो ।

कोरोनाविरुद्धको लडाइँ जित्दा खुसीले गहभरी आँसु पारेकी एक स्वास्थ्यकर्मी ।

तर अहिले वुहानमा संक्रमितको संख्या ५ सयभन्दा पनि कम छ । नयाँ संक्रमण देखिएको छैन । त्यसैले वुहानमा यो महामारी नियन्त्रणमा आएको मानिएको छ ।

तर चीनमा भने मंगलबार मात्र ६२ नयाँ संक्रमित फेला परे । उनीहरुमध्ये ५९ जना विदेशबाट आएका मानिस थिए । लक्षण नदेखिएका मानिसहरुमा पनि संक्रमण देखिएकाले पुनः महामारी फैलिन सक्ने आशंका भने कायमै छ ।

वुहानको रेलवे स्टेशनमा पालो पर्खिंदै यात्रुहरु ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार