कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ ।

बिहीबार विहानसम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ८८ हजार ५ सय २ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म १५ लाख १८ हजार ७ सय १७ जना कोरोनाबाट संक्रमित भएका छन् ।

हालसम्म इटालीमा सबैभन्दा बढि नागरिकले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ईटालीमा १७ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन् । भने सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये चीनमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पनमा १४ हजार ७ सय ९२, अमेरिका १४ हजार ७ सय ९५, फ्रान्स १० हजार ८ सय ६९, बेलायत ७ हजार ९७, ईरान ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार