यती समूहले सरकारलाई कोरोना विरुद्ध लड्न दियो १ करोड !

Facebook Debugger

काठमाडौं । यती समूहले नेपाल सरकारलाई कोरोना विरुद्ध लड्नको लागि १ करोड सहयोग गरेको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि यती समूहका अध्यक्ष लाक्पासोनाम शेर्पाले १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले नेपाल लगायत विश्वनै ठप्प बनेको यस घडीमा माहामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकार लागि परेको अवस्था छ । नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु हामी एक राष्ट्रिय व्यवसायिक समूह ‘यती समूह’ले आफ्नो कर्तव्य ठान्दछौं । यती समूहद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि यती समूहका लगानीकर्ताहरुको तर्फबाट यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाद्वारा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १,००,००,०००।– (अक्षरेपी एक करोड रुपैयाँ) को चेक हस्तान्तरण गरिएको छ ।

व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछांै । माहामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा हाम्रो तर्फबाट गरिएको योे सानो सहयोग फलदायी हुने विश्वास लिएका छौं । विज्ञप्तीमा उल्लेख गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार