कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९० हजार ११ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म १५ लाख ३९ हजार ४ सय २४ जना कोरोनाबाट संक्रमित भएका छन् । उनीहरुमध्ये ३ लाख ४० हजार ५ सय ८६ जना निको भएर घर फर्किएका छन् ।

वल्र्डओमिटर्स इन्फोका अनुसार हालसम्म इटालीमा सबैभन्दा बढि नागरिकले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ईटालीमा १७ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन् । भने सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये चीनमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पनमा १५ हजार २ सय ३८, अमेरिका १४ हजार ८ सय ६५, फ्रान्स १० हजार ८ सय ६९, बेलायत ७ हजार ९७, ईरान ४ हजार १ सय १० र चीनमा ३ हजार ३ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

आज मात्रै २१ हजार ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्, भने, १ हजार ५ सय ५६ जनाले ज्यान गुमाएका छन् । अझै ११ लाख ८ हजार ८ सय २७ जना उपचाररत छन् । उनीहरुमध्ये ४८ हजार ५ सय १२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार