कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नजिक !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट संसारभर ९५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म १६ लाख ३ हजार ६ सय ४८ जना कोरोनाबाट संक्रमित भएका छन् । उनीहरुमध्ये ३ लाख ५६ हजार ४ सय ४० जना निको भएर घर फर्किएका छन् ।

वल्र्डओमिटर्स इन्फोका अनुसार हालसम्म इटालीमा सबैभन्दा बढि नागरिकले कोरोनाबाट ज्यान गुमाएका छन् । हालसम्म ईटालीमा १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन् । भने सबैभन्दा बढि कोरोनाको बिरामीमध्ये चीनमा निको भएर घर फर्किएका छन् । चीनमा ७७ हजार ४ सय ५५ जना बिरामी निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पनमा १५ हजार ४ सय ४७, अमेरिका १६ हजार ६ सय ९१, फ्रान्स १२ हजार २ सय १०, बेलायत ७ हजार ९ सय ७८, ईरान ४ हजार १ सय १०, चीनमा ३ हजार ३ सय ३६ र जर्मनीमा २ हजार ६ सय ७ जनाले ज्यान गुमाएका छन् ।

आज मात्रै यो समाचार तयार पार्दासम्म ३ हजारसय ६४ जना नयाँ संक्रमित थपिएका छन्, भने, २४ जनाले ज्यान गुमाएका छन् । अझै ११ लाख ५१ हजार ४ सय ९२ जना उपचाररत छन् । उनीहरुमध्ये ४९ हजार १ सय २७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार