कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो, सबैभन्दा बढि संक्रमित अमेरिकामा !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । वर्ल्डओमिटर्स ईन्फोको तथ्यांकअनुसार, संक्रमितको संख्या १६ लाख ३ हजार ६ सय ४८ जना पुगेको हो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण यूरोप र अमेरिकाका नागरिक सबैभन्दा बढि प्रभावित बनेका छन् । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजार ६ सय ६६ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाभित्रै अमेरिकामा ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, स्पेनमा १ लाख ५३ हजार २ सय २२, इटालीमा १ लाख ४३ हजार ६ सय २६, जर्मनीमा १ लाख १८ हजार २ सय ३५, फ्रान्समा १ लाख १७ हजार ७ सय ४९, चीनमा ८१ हजार ८ सय ६५, ईरानमा ६६ हजार २ सय २०, बेलायतमा ६५ हजार ७७, टर्कीमा ४२ हजार २ सय ८२, बेल्जियममा २४ हजार ९ सय ८३, स्वीजरल्याण्डमा २४ हजार ५१ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ९५ हजार ७ सय १६ पुगेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण सबैभन्दा बढि १८ हजार २ सय ७९ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा १६ हजार ६ सय ९१, स्पेनमा १५ हजार ४ सय ४७, फ्रान्समा १२ हजार २ सय १०, बेलायतमा ७ हजार ९ सय ७८, ईरानमा ४ हजार १ सय १० र चीनमा ३ हजार ३ सय ३६ जनाको ज्यान गएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमित ३ लाख ५६ हजार ४ सय ४० जना बिरामीहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजार ४ सय ५५ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा ५२ हजार ४ सय ७, स्पेनमा ५२ हजार १ सय ६५, इटालीमा २८ हजार ४ सय ७० र अमेरिकामा २५ हजार ९ सय २८ जना बिरामी निको भएर घर फर्किएका हुन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार