१ माघ २०८२, बिहिबार | Fri Jan 16 2026

रेडक्रस भवन बनाउन ६ लाख सहयोग



पोखरा, ७ कात्तिक । नेपाल रेडक्रस सोसाइटी पोखरा उपशाखा १०–११ भवनको सभाहल बनाउन ६ लाख सहयोग प्राप्त भएको छ ।

पोखरा–१० रामबजारमा निर्माणाधीन सो सभाहल बनाउन रामबजार निवासी भीममाया पौडेलले एक लाख सहयोग गर्नुभएको छ । त्यस्तै रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष राम गुरुङ, सल्लाहकार महेश गुरुङ, भीमकुमार श्रेष्ठ, समरबहादुर श्रेष्ठ, गङ्गा कुँवर, प्रताप परियार, इन्द्रकुमारी गुरुङ, रामबहादुर केसी, सूर्यबहादुर बानियाँले जनही २५हजार एक सय २५ सहयोग गर्नुभएको उपशाखाका सभापति समरबहादुर श्रेष्ठले जानकारी दिए ।

सभाहल बनाउन पोखरा उपमहानगरपालिकाले पनि विभिन्न किस्तामा गरी हालसम्म चार लाख ५० हजार उपलब्ध गराइसकेको छ । सभाहलको कुल अनुमान लागत १३ लाख रहेको छ । सभाहलको निर्माण भइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको सभापति श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार  ३ : ०६ बजे