लकडाउनमा गायक ढकालले स्व. आमालाई यसरी सम्झिए !

Facebook Debugger

काठमाडौं । सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालले स्व.आमालाई सम्झिँदै आफूसहितको पुरानो तस्वीर फेसबुकमा पोष्ट गरेका छन् ।

‘लकडाउनको समयमा प्रायः सबैजना आफ्नो परिवारसँग घरमा समय बिताइरहँदा मेरो फ्यानले यी तस्वीरहरु पठाइ दिनु भएको थियो,’ ढकालले भने, ‘अरुहरुले पनि आफ्नो पुरानो तस्वीरहरु शेयर गरिरहँदा मैले पनि यो आमासँगको तस्वीर फेसबुकमा पोष्ट गरे ।’

फेसबुकमा पोष्ट गरेको आमासँगको फोटो वि.सं. २०४५ सालमा पहिलो ढकाल सुमधुर साँझ सकेर घर गएको बेला खिचेको बताएका छन् । ‘म यो तस्वीर कहिल्यै बिर्सिन्न । एकदमै यादगार र मार्मिक छ । उहाँकै आशिर्वादले आज यहाँसम्म आईपुगेको छु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

हरेक पल आमाको सम्झनामा हुन्छु म । मेरो हजारौं गीतभन्दा मिठो अनुभव हुन्छ स्मृतीमा, उहाँले केवल मेरो नाम मात्र बोलाएको पनि स्वरको तरङ्ग, उनले फेसबुकमा लेखेका छन् ।

आमाको साथमा म बसेको यो पुरानो फोटो पहिलो पटक फेसबुकमा राख्दैछु । वि.सं. २०६४ साउन ५ गतेदेखि उहाँको भौतिक साथ नरहे पनि आमाको अपार मातृस्नेह सदा जीवन्त छ, ढकालले फेसबुक स्टाटसमा लेखेका छन् ।

नेपाल स्टार रियालिटी शोको निर्णायकका रुपमा रहेका रामकृष्ण ढकाल अहिले कोरोना भाइरसबाट बच्न एकान्तबास (होम क्वारेन्टाइन)मा बसिरहेका छन् ।

प्राय सांगीतिक कार्यक्रममा व्यस्त रहने रामकृष्ण ढकाल अहिले फुर्सदको बेला परिवारलाई समय दिइरहेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार