थुलुङ दुधकोशीद्धारा ४ सय ७९ विपन्न परिवारलाई राहत वितरण !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रका ४ सय ७९ विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाले अति विपन्न परिवार पहिचान गरि शुक्रबारसम्म ४ सय ७९ घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

अध्यक्ष राईका अनुसार वडा कार्यालयको सिफारिस अनुसार ३० के.जी. चामल, ५ के.जी दाल, १ के.जी नुन र १ लिटर खानेतेल राहत स्वरुप वितरण गरिएको हो । गाउँपालिकाको वडा नं. १ मा ४९ अति विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

त्यसैगरी वडा नं. २ मा ३१, वडा ३ मा ३२, वडा ४ मा ७३, वडा ५ मा ५७, वडा ६ मा ८०, वडा ७ मा ३५, वडा ८ मा ३७ र वडा नं. ९ मा ८५ अति विपन्न घरपरिवारलाई राहत वितरण गरिसकिएको अध्यक्ष राईले बताए ।

वडा नं. ८ का कार्यबाहक अध्यक्ष तिलक राईका अनुसार २ जनाको परिवार भएका १४ जनालाई १५ के.जी चामल, साडे २ केजी दाल, १ के.जी. नुन, १ लिटर तेल र २ वटा साबुन दिईएको छ, भने ३ जना भन्दा बढी परिवार भएका २४ घर परिवारलाई ३० के.ज चामल, ५ के.जी दाल, १ के.जी. नुन, १ लिटर तेल र दुई वटा साबुन दिईएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार