बेलायतमा कोरोनाका कारण थप १ नेपालीको मृत्यु !

Facebook Debugger

बेलायत । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का १ नेपाली पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ ।

स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ स्वीन्डन शहरमा बस्दै आएका थिए । ४ दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

यस अघि कोरोनाबाटनै बेलायतमा ३ जना पूर्व गोर्खा सैनिकको मृत्यु भएको थियो । पूर्व गोर्खा सैनिकहरु लीलाबहादुर राई, प्रशान्त अर्याल र चेतप्रसाद गुरुङको यसअघि कोरोनाबाटै मृत्यु भएको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार