खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु !

Facebook Debugger

खोटाङ । चट्याङ पर्दा खोटाङमा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ पानीसँगै परेको चट्याङले केपीलासगढी गाउँपालिका-१ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला बिकको मृत्यु भएको हो ।

पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए ।

चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ । मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको प्रहरी निरिक्षक खेरवारले बताए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार