विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु, ६ सय ६५ संक्रमित !

Facebook Debugger

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण विदेशमा रहेका १४ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्समा १ जना नेपालीको मृत्यु भएको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६ सय ६५ जना गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ ।

विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए ।

अमेरिकामा ५ सय, बेलायतमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापान, मलेसिया, म्यानमार र हङकङमा १/१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड-१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार