आज नयाँ वर्ष, तपाईको नयाँ दिनको भाग्य कस्तो छ ? : २०७७ वैशाख १ गतेको राशिफल

Facebook Debugger

आज वि.सं. २०७७ वैशाख १ गते सोमवार । तदनुसार इ.स. २०२० अप्रिल १३ तारिख । ने.सं. ११४० चौलागा, वैशाख कृष्णपक्ष, षष्ठी, २१ः५२ उप्रान्त सप्तमी ।

आज नयाँ वर्षको पहिलो दिन अर्थात २०७७ वैशाख १ गते । तपाईको नयाँ वर्षको दिन कस्तो रहेको छ त ? हेरौं आजको दिनको राशिफल ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ । अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ । अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्य सम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

खानपान तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसँगको सम्पर्कले दिन रमाइलो रहनेछ । पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ । व्यापार सामान्य भए पनि आम्दानी बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । केही फजुल खर्च बढ्न सक्छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ । सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ । व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ । अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा समयको सदुपयोग गर्न नसकिएला ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पुनः नयाँ सम्झौता गर्नुपर्ला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउने हुँदा योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ । प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ । कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । बुद्धिले काम लिँदा चिताएको काम बन्नेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन् । भेटघाट र खानपानमा समय व्यतीत हुनेछ । सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचनागर्नेछन् । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।

तपाईको राशिफलले जेसुकै बताए पनि तपाई कर्ममा विश्वास गर्नुस । नयाँ जोस र जाँगरका साथ नयाँ संकल्प लिएर निरन्तर काम गर्नुस । एक दिन अवश्य सफलताले तपाईको ढोका ढकढक्याउनेछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार