कैलालीमा ५५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १३ पुग्यो !

Facebook Debugger

काठमाडौं। कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् ।

भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए । उनको कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो ।

हिजो मात्र पर्साको विरगंञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । नेपालमा स्थानीयलाई नै कोरोना संक्रमणको पुष्टि भएको उनी दोस्रो व्यक्ति हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटको तथ्यांक अनुसार नेपालमा ५ हजार १ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरुमध्ये ५ हजार १ सय ७२ को रिर्पोट नेगेटिभ आएको तथ्यांकमा उल्लेख गरिएको छ । ८५ जनालाई आइसोलेसनमा राखिएको समेत मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार