रौतहटको कोरोना संक्रमित लकडाउनका बेला भारतबाट आएका थिए !

Facebook Debugger

काठमाडौं । रौतहटको कोरोना भाइरस संक्रमित युवा लकडाउनकै बेला भारतबाट नेपाल आएका थिए ।

इशनाथ नगरपालिका-५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ ।

‘खुला सीमाना भएकाले उनी चैत १६ गते नेपाल आएका थिए । घर आउनासाथ गाउँलेहरूले क्वारेन्टाइनमा राखेका थिए,’ रौतहट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने ।

इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ । ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ ।

इसनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले युवक गत चैत १६ गते दिल्लीबाट नेपाल आएको जानकारी दिए ।

‘उहाँ १६ गते घर आएपछि हामीले १७ गते नै क्वारेन्टाइनमा राखेका थियौं । त्यसपछि २९ गते स्वास्थ्यकर्मीको टोली आएर नमूना परीक्षण गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने ।

नगरपालिका वडा नम्बर-५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए । त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए । भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो । युवा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए ।

अहिले पनि संक्रमित युवा क्वारेन्टाइनमै रहेको र कुन अस्पतालमा लाने भनेर छलफल चलिरहेको यादवले जानकारी दिए । ‘कहाँ पठाउने भने सिडिओ लगायत सबैजना छलफल गरिरहनुभएको छ । केहीबेरमा टुंगो लाग्छ,’ उनले भने । यो समाचार सेतोपाटी डटकममा राकेश यादवले लेखेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार