सनसिटी अपार्टमेन्टर्मा यापिड टेस्ट शुुरु

Facebook Debugger

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण शुरु भएको छ । बुधबार बिहान साढे ९ बजेबार्ट यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण शुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर प्रमुख थापाका अनुसार, आज बुधबार ब्लक ‘ए’ का २ सय ४२ जनाको परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर ३ वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।

सनसिटीमा ५ वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका १ सदस्यले पनि मतदान गरेकाले ५ वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार