४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

‘राई’बारे केही विद्धान तथा लेखकहरुको भनाइ ?



त्यसो त राई के हो ? भन्ने सम्बन्धमा जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘–हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई ‘खम्बु’ भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाईएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरुको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कुनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस् । ंयस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’

त्यस्तै समाजशास्त्री डोरबहादुर विष्टले लेखेको ‘सबै जातको फुलबारी’ नामक किताबको पाना पाँचमा ‘–राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किरातमा धेरैजसो राईहरु आपूmलाई जिमी वा जिमीन्दार भन्नेगर्छन, तापनि राई शब्द बढी प्रचलनमा आउँदैछ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहूजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदिले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।’ भनी लेखेका छन् । त्यस्तै पाना ९ मा ‘यहाँको सबै जग्गा केहीअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन्, तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसर तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । जसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।’ भनी लेखेका छन् ।

त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् ।

राई शब्दबारे माथि उल्लेखित लेखक, अनुसन्धानकर्ता तथा विद्घानहरुबाहेक अरु केही लेखक, अनुसन्धानकर्ता तथा विद्घानहरुको भनाइ पनि उल्लेख गरिएको छ ।

१, राई शब्द राजाबाट उत्पन्न भएको हो । खम्बुवानमा खोर्खा आधिपत्यपछि पृथ्वीनारायण शाहले खम्बु प्रमुखलाई दिएको राय भनिने उपाधिलाई गोर्खालीले राईमा रुपान्तरण गरे ।

–कुमार प्रधान द गोर्खा कन्क्वेष्ट्स ।

२, राय शब्द राजाको अपभ्रंश हो । राई शब्द राय शब्दकै अपभ्रंश देखिन आउँछ ।

–शिवकुमार श्रेष्ठ । लिम्बुवानको ऐतिहासिक अध्ययन ।

३, राई शब्दको प्रयोग पृथ्वीनाराण शाहले किरात प्रदेशलाई नेपालमा गाभेपछि गाउँका जान्ने सुन्ने अर्थात् टाठाबाठा व्यक्तिलाई स्थानीय प्रशासकको रुपमा जमिन्दार, तालुकदार, राई, सुब्बा पदवी दिएपछि प्रयोग हुन थालेको हो ।

–जनकलाल शर्मा हाम्रो समाज एक अध्ययन ।

४, …यहाँको सबै जग्गा केही वर्षअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन्, तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसारको तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । त्यसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।

–डोरबहादुर विष्ट । सबै जातको पूmलबारी, पाना ९ ।

५, राई शब्दको व्यापक प्रयोग सात दशक अघिदेखि भएको इतिहासले बताउँछ । नेपाली जातिबीच मौलिक, भाषिक र सांस्कृतिक मूल्य–मान्यतको लहर चलेपछि राई एउटा विभागको कठघरामा उभिन गएको छ ।

–सिएम खम्बु । राई को हुन् ?

६, किपट जग्गा चलाउने मुख्य शासकलाई ‘राई’ भनिन्थ्यो । पृथ्वीनारायण शाहले उपराजा सरहको अधिकारसहित राई पद दिएका थिए । राईको मृत्युपछि जेठा छोरा पुनः राई हुन पाउँथ्यो । अरु छोराहरु रैती हुन्थे । २०२६ सालसम्म लेखिएको सरकारी कागजपत्रमा शासकलाई राई र रैतलाई जिमी लेखेको पाइन्छ । राईले किपटमा शासन गर्दा आर्थिक कारोबार मिलाउने, अपराधीलाई कारबाही, लेखापढीको काम गर्ने सचिवलाई ‘द्घारे’ भनिन्थ्यो । राईले रैतीहरुबाट तिरो उठाएर सरकारलाई बुझाउने र ज्यान सम्बन्धी मुद्धा जाहेर गर्नु पर्दथ्यो । रैतीहरु घर लौरी उठेर, राईको खेतीपाती लगाई दिनु जानु पर्दथ्यो । जनताले जग्गाको तिरो बुझाउन जान र आउन राईलाई बाटो खर्च दिनु पर्दथ्यो ।

–भूपध्वज थोमरोस । कुलुङ सांस्कृति अध्ययन

७, खास व्यक्त र सो व्यक्तिको परिवारले मात्र प्रयोग गर्ने यस उपाधिलाई कालान्तरमा अन्य सर्वसाधारण किरातीहरुले पनि प्रयोग गर्न थाले । अझ राणा शासकहरुले ३० मुरी माटो र सलामीवापत सरकारलाई २६ रुपैयाँ चढाएपछि राई पदवी पाउन सक्ने व्यवस्था मिलाई दिएपछि त राई शब्दको प्रयोगले व्यापक रुप लिँदै गयो । मर्यादा र प्रभावको सूचक पद राई शब्दलाई किरातीहरुले व्यापक रुपमा अंगाल्न थाले र राणा शासनको अन्त्यतिर र त्यसपछि यसको प्रयोग झन बढ्दै जान थाल्यो । अहिलेसम्म किराती समुदायभित्र धेरैले यसलाई अंगाली सकेका छन् । अहिले राई शब्द नै किरातीको पर्यायवाची शब्द जस्तै भैदिएको छ ।

–टंकबहादुर राई । ….

८, राईको इतिहास २५० वर्षभन्दा कम रहेको र यो सेन राजाहरुले पूर्व विजय गरेपछि किरात प्रदेशमा केही मुखियाहरुलाई ‘राय’ पदवी दिएको र त्यो पदवी नै पछि गएर ‘राई’ बन्यो । राई शब्दको प्रयोग गोर्खा अधिराज्यभर व्यापक रुपमा प्रयोग हुन थाल्यो ।

–डा. डिल्लराम दाहाल । राजधानी दैनिक २०६२ ।

९, राई जाति होइन भन्ने कुरा २३५ वर्षसम्म राई भनेर बसेकाहरु लिम्बु (जो वनेम थरका लिम्बु हुन्) जातमा परिणत हुनुले पनि स्पष्ट पार्दछ । २०६६ साल भदौ १६ गते संखुवासभा जिल्लाको सभापोखरी गानविस वडा नम्बर १, २, ३, र ४ मा बस्ने ५८ परिवारले थर परिवर्तन गरेका थिए । जसमध्ये एकजना ९० वर्षीय केसबहादुर राई पनि थिए । विसं १८३१ ताका तत्कालीन शासकले स्थानीय प्रशासन सञ्चालन गर्ने जिम्मा सहित केही लिम्बुहरुलाई (जो वनेम थरका लिम्बुहरु हुन्) राई पद दिएका थिए । पछि ती साविकको आप्mनो पहिचानमा फर्किएको भनी उनीीहरुको भनाइ छापिएको थियो ।

–अन्नपूर्ण पोस्ट २०६६ ।

१०, पृथ्वीनाराण शाहको शासनकालमा किरात भूमिलाई नेपाल राष्ट्रमा गाभेपछि राई, देवान, सुब्बा पदवीको नाममा जमिनदार, तालुकदारमा नियुक्त भएकाहरु नै कालान्तरमा जातमा रुपान्तरण हुन थाले ।

–नेगेन्द्र शर्मा । नेपाली जनजीवन ।

११, किरातीहरुको संरचना ध्वस्त पारी किराती प्रमुखहरुलाई हटाएर तनीहरुको ठाउँमा राई नियुक्त गरयो । पृथ्वीनारायण शाहले किरात भूमिलाई विसं १८३१ तिर नेपाालमा गाभेपछि राई शब्दको प्रयोग भएको हो । किरात क्षेत्रमा राई, सुब्बा, मुखिया, देवान पद प्रदान गरी किरात किपट भूमको राजस्व संकलन गर्ने जिम्मेवारी दिएईको थियो ।

–राजेश गौतम, कुमार थापामगर । ट्राइबल इथ्नोग्राफी अफ नेपाल ।

यसरी समग्रमा हेर्दा राई जात वा जाति के हो ? अथवा राई जात वा जाति हो, होइन ? केही टुंगो नै नभए तापिन ! राईलाई जात वा जाति मात्रै होइन, ‘आदिवासी जनजाति’ नै मानेर नेपाल सरकारको मातहत रहेकोे ‘आदिवास जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८ अन्तर्गत सूचीकृत गरिएको छ ।

कि आदवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ को दफा २ (क) मा “आदिवास ÷जनजाति” भननाले आप्mनो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहचान, छ्ट्टै संरचना र लिखित वा अलखित इतिहास भएको अनुसूची बमोजिमको जाति समुदाय समझनु पर्छ ।’ भनएको छ ।

हुन पनि स्वर्गीय तेजनाराणय पञ्जियारले ऊ वेलै (प्राध्यापक सन्तबहादुर गुरुङको संयोजकत्वमा जनजाति सूची तयार पार्ने कार्यदल गठन हुँदा) राई भनिनेहरुका बारेमा समस्या आउछ, राई जात होइन भनी कुरो राख्नु भएको थियो अरे, उहाँले हामीलाई सो कुरो धेरै पटक बताई रहनु हुन्थ्यो । तर, त्यो वेलादेखि नै संख्या र भीड देखाएर राजनति गर्ने र, व्यक्तिगत फाइदा लिन चाहने केही राईवादीहरु हहावी भएको देखिन्छ । त्यस्तै किराती महाजिातभित्रका कुलुङ लगायत २२, २३, २४, २५, २६, २७, २८, २९, ३० (यति नै जाति वा भाषी भनी टुंगो नभएको राई !) किरातहरु अलगअलग जातिका रुपमा सूचीकृत हुँदा आपूmहरुलाई हुने बेफाईदा बारे बुझेकाहरुले पनि राई, राई, रा … भनेर हाहा हुहुमै राई सूचीकृत गरे । त्यसो त स्वर्गीय डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार नै उसको मातृभाषा हो । यसरी हेर्दा कुलुङ जातिको मातृभाषा भएको मात्रै होइन कि, कुलुङ जातिभित्रै विभिन्न भाषिका र उपभाषिका बोल्नेहरु पनि छन् । त्यस्तै अवस्था वा भनौं वास्तविकता जानाजान वा अञ्जानमा राईकरणको मारमा परेका बान्तावा जातिको पनि हो, चाम्लिङ जातिको पनि हो । अरुहरुको पनि हो । ninamkirat 123@gmail.com

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : २४ बजे