कोरोना अपडेट नेपाल : अहिलेसम्म १९ हजार ४ सय ३२ को परीक्षण, ६९ जिल्लामा र्यापिड टेस्ट शुरु

Facebook Debugger

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार नियमित ब्रिफिङका क्रममा हालसम्म देशभर कुल १९ हजार ४ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण भएको बताएका छन् ।

यसर्मा यापिड टेस्टबाट १२ हजार १ सय ९२ र पिसिआर विधिबाट ७ हजार २ सय ४० जनाको परीक्षण भएको हो ।

उनले हालसम्म संक्रमितको संख्या १६ नै रहेको बताए । उनका अनुसार अहिलेसम्म सबै संक्रमितको अवस्था सामान्य रहेको छ ।

उनले ८ जिल्ला बाहेक देशभरिका ६९ जिल्लामा आरडीटी टेस्ट सुरु भइसकेको जानकारी दिए । देशभर अहिलेसम्म ४ हजार ९सय १ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ ।

यस्तै आइसोलेसनमा भने कुल १ सय ३ जना रहेका छन् जसमा उपत्यका भित्र ८ जना र उपत्यका बाहिर ९५ जना छन् ।

उनका अनुसार रेड जोनमा २ सय ४७ जना छन् । यसमध्ये गत २४ घन्टामा ६ जना थपिएका हुन् । उनले वीरगञ्जमा पर्नि यापिड टेस्ट विधिबाट परीक्षण गरिएको जानकारी दिए ।

४ सय जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै उनले अबदेखि हरेक बिहीबार २ बजे देखि ३ बजे सम्म प्रादेशिक बैठक हुने जानकारी पनि दिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार