कोरोना अपडेट : मोरङकी युवतीमा देखियो कोरोना एन्टीबडी पोजेटिभ

Facebook Debugger

विराटनगर । भारतबाट फर्किएको २४ दिनपछि मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ ।

बिहीबार्र यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका- १ कि २७ वर्षकी युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।

बुढीगंगा गाउँपालिका १ का वडाअध्यक्ष युवराज पौडेलका अनुसार युवती अर्का एक साथीसँगै बैंगलोरबाट १० चैतमा घर आएकी थिइन् । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ । यसको नतिजा शुक्रबार आउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एकजनार्मा यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जानकारी आफूलाई आएको बताए ।

बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षकी युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनर्मा यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ आएको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार