सभापति बस्नेतले भने, ‘अभिभावक नभएका, समस्यामा परेका विद्यार्थीले मलाई फोन गर्नुस,’

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सोलुखुम्बुबाट काठमाडौं आई अध्ययरत अभिभावक नभएका विद्यार्थीहरुलाई समस्या भए सिधा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश लकडाउन भएपछि काठमाडौंमा अध्ययनरत अभिभावन नभएका सोलुखुम्बुका विद्यार्थीहरुलाई समस्या भए सभापति बस्नेतलाई तुरुन्त सम्पर्क गर्न अनुरोध गरेका हुन् । ‘सोलुखुम्बुबाट काठमाडौं आई बसिरहेका परिवारमध्ये कोहिले अभिभावक गुमाई यस्तो संकटको बेला समस्या भोगिरहनु भएको छ भने मलाई सिधा सम्पर्क गर्नुस,’ सभापति बस्नेतले भने, ‘तपाईहरुलाई हामीले सकेको सहयोग गर्नेछौं ।’

सोलुखुम्बुबाट काठमाडौं आई अध्ययनरत विद्यार्थीहरुलाई समस्या भएमा सभापति गोकर्ण बस्नेतको ९८५११३८३५७ मोबाइल नम्बरमा फोन गर्न अनुरोध गरेका छन् । साथै सम्पर्क समितिका सचिव टार्जन कुलुङलाई ९८४९०७२१६६ र नवीन कार्की (कोषाध्यक्ष)लाई ९८५११६६५७८ र ९८४९१६६५७८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यसैबीच सभापति बस्नेतले सोलुखुम्बुबाट काठमाडौं आई दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई आज (शुक्रबार) पुनः तेस्रो पटक राहत वितरण गरेका छन् ।

कोरोना भाइरस (कोभिड-१९)का कारण दैनिक उपभोग्य वस्तुको समस्या भएपछि बस्नेतले निम्न आय, दैनिक ज्यालादारी र विपन्न वर्गका नागरिकलाई समेत राहत वितरण गरेका हुन् ।

राहत स्वरुप बस्नेतले व्यक्तिगत रुपमा प्रतिपरिवार एक बोरा चामल, नुन, तेल, दाल लगायतका खाद्य सामग्रीहरु वितरण गरिरहेका छन् । अझै पनि समस्यामा परेका दैनिक ज्यालादारी मजदूरहरुलाई पुनः राहत दिने सभापति बस्नेतले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार