र्यापिड टेस्टमा पोजेटिभ देखिएका हेटौडाको ४ जनाकै रिपोर्ट नेगेटिभ !

Facebook Debugger

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ मा बिहीबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ रिपोर्ट आएका ४ जनाको प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

 

३ जना पुरुष र १ जना महिलाको हेटौंडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको अस्पतालका आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले बताए ।

आरडीटी टेष्टमा पोजेटिभ देखिएकी महिला भने भारतकी हुन् । उनी हेटौंडा ४ मा आफन्तको घरमा आएकी थिइन् ।

आरडीटी टेस्टमा पोजेटिभ देखिएका अन्यमा भारतबाट फर्किएका ६७ वर्षका हेटौंडा उपमहानगरपालिका २ का पुरुष, भारत बैंग्लोरबाट फर्किएका हेटौंडा-५ का २४ वर्षिय युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षिय युवक रहेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार