ईमेज टेलिभिजनकर्मी गृष्मा राजभण्डारीलाई कार्यालयभित्रै दुर्व्यवहार !

Facebook Debugger

काठमाडौं । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ । शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन् ।

ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए ।

घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छन् । थप अनुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टोली पठाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको नेपाल खबरमा समाचार प्रकाशित छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार