उदयपुरमा बसेका थप १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप १ जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र १ नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित ती भारतीय नागरिक र अरु ३ नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्किएका छन् । भने, अझै २९ जना उपचाररत छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार