तपाईको आज यसरी बित्नेछ : २०७७ वैशाख ७ गतेको राशिफल

Facebook Debugger

आज वि.सं. २०७७ वैशाख ७ गते आइतवार । नयाँ वर्षको सातौं दिन । तदनुसार इ.स. २०२० अप्रिल १९ तारिख । नेपाल सम्वत ११४० चौलागा । वैशाख कृष्णपक्ष, द्वादशी, ०१ः३७ उप्रान्त त्रयोदशी ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुरुषार्थी काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार-व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन् । कर्जा लिनुपरे पनि सानो प्रयत्नले तत्कालका समस्या भने टार्न सकिनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ । भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । भौतिक साधन जुट्नेछन् । बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ । आवेशमा संयमित हुनुहोला, मुद्दा-मामिलामा विजयी भइनेछ । व्यवसायमा मनग्य फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । साझेदारीमा असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नियमित कामलाई निरन्तरता दिन सकिनेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । परिबन्धले काममा बाधा पुर्याउन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । आयस्रोत कमजोर रहने समय छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तर हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न भने सकिनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि थोरै प्रतिफल प्राप्त हुनेछ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

राशिफलले जेसुकै बताए पनि तपाई कर्ममा विश्वास गर्नुस । निरन्तर काम गर्नुस एकदिन अवश्य सफलताले तपाईको पाउ चुम्नेछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार