कमेडि च्याम्पियन सिजन २ को उपाधि भरतमणीले जिते

फस्ट रनर अप विक्की र सेकेण्ड रनर अप सन्तोष

  सगरमाथा अनलाईन

काठमाडौं । कमेडि रियालिटी शो ‘कमेडि च्याम्पियन सिजन २’ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् ।

सिक्किमका विक्कि अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै पौडेलले कमेडि च्याम्पियन सिजन २ को उपाधि जितेका हुन् । दर्शकले गरेको अत्याधिक भोटका आधारमा पौडेलले सबैभन्दा बढि भोट प्राप्त गरी उपाधि जितेका हुन् ।

ताप्लेजुङका पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चित भएका थिए । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक विषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा थिए ।

सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गरेनन् । तर, समसामयिक विषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल भएका थिए । विक्कीको कमेडीले प्रत्येक हप्ता नयाँ खुराक पस्किर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । विक्कीले कमेडीलाई नयाँ परिभाषा दिने कोशिश गरेको वुझाई धेरैको छ ।

गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मध्येका एक अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको थिएन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको फ्यूजनको रुपमा सन्तोषलाई लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार